ताजा समाचार

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

शुक्रबार, ०६ पुस २०८०, १० : ५१

काठमाडौँ मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख  रुपैयाँ छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

शुक्रबार, ०६ पुस २०८०, १० : ५१

प्रतिक्रिया