ताजा समाचार

मिथिला लघुवित्तले बोलायो साधारण सभा

शुक्रबार, ०६ पुस २०८०, १२ : २८

काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा न्यू बौवा होटल एन्ड गेष्ट हाउसमाको सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा पुस २८ गते बिहान ११ बजे बोलाएको हो । लघुवित्तले यस पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र संस्थापक समूहबाट ३ जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव रहेको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

शुक्रबार, ०६ पुस २०८०, १२ : २८

प्रतिक्रिया