ताजा समाचार

प्रभु महालक्ष्मी इन्स्योरेन्सले बोलायो साधारण सभा

शुक्रबार, ०६ पुस २०८०, १२ : ३३

काठमाडौँ - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । सभा अर्पण ब्यांकेट, बानेश्वर, काठमाडौंमा पुस २९ गते दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ ।

साविक प्रभु र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक तर्फ ४ जना सञ्चालक नियुक्त गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

 

शुक्रबार, ०६ पुस २०८०, १२ : ३३

प्रतिक्रिया