काठमाडौँ - दिगो भविष्यप्रति प्रतिबद्धताका साथ, निसानले नेपालमा नयाँ चौँथो जेनेरेसनको X-Trail सार्वजनिक गरेको छ। सन् २००१ मा X-Trail को उदय पछि, विश्वभर ७ मिलियन भन्दा बढी X-Trail गाडीहरू बिक्री भएका छन्, जसले यसलाई विश्वको एक अधिक लोकप्रिय परिवार-लक्षित एडभेन्चर सवारी साधनहरू मध्ये एक बनाएको छ।नेपाली रुपैयाँ १.८७ करोडको प्रारम्भिक मूल्यमा सुरु भएको,Nissan X-Trail ले नवीनतम मोबिलिटि सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिन्छ। साथै यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो श्रेणीमै उच्चस्तरको सुविधा प्रदान गर्दछ।
नेपालमा निसानको आधिकारिक वितरक, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भन्नुभयो, ''नेपालमा नयाँ X-Trail e-Power, पेट्रोल इन्जिन ब्याक अप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। X-Trail e-Power ठूलो, आरामदायी र बहुपयोगी SUV चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो । X-Trail e-Power नविनतम मोबिलिटि सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो।''
रघुनाथ नैर, निर्यात प्रमुख-सीबीपयू र दक्षिण एसिया व्यापारले भन्नुभयो, ''निसानको ई-पावर टेक्नोलोजीलाई हाम्रा ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका छन् र हामी नेपालमा यो प्रभावकारी, EV-जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम हुन पाउँदा उत्साहित छौं। हामीले संधै महसुस गरेका छौं कि ई-पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ सकिन्छ। दक्षिण एसियाको एक महत्वपूर्ण क्षेत्र, नेपालमा नयाँ X-Trail e-4ORCE को सुरुवात सँगै, हामी हाम्रा नेपालका ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुसी छौं।''
यस नयाँ संस्करणको लागि, निसानते ह् X-Trail अघिल्लो तीन जेनेरेसनहरुमा झैँ बलियो संरचना, सहज प्रविधिसहितको क्ग्ख् डिजाइन, लचिलो उपयोगिता, र अल-हिल-ड्राइभ क्षमतासहितको पावर ट्रेनलगायत सुविधा रहेको छ। परिवार वा साथीहरूसँगको लागि एक सुविधाजनक विकल्प प्रदान गर्दै नयाँ X-Trail सात सिटर कन्फिगरेसनमा उपलब्ध छ।
प्रतिक्रिया