ताजा समाचार

एफपीओ निष्कासनको प्रस्तावसहित हिमालयन बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

आइतबार, ०८ पुस २०८०, ०८ : १४

काठमाडौं। हिमालयन बैंक लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सभा बोलाएको हो ।

उक्त सभाले सर्वसाधारण शेयरधनीको आवश्यक शेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने, एफपीओको मूल्य तय गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अुनसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

आइतबार, ०८ पुस २०८०, ०८ : १४

प्रतिक्रिया