ताजा समाचार

लाभांश प्रस्ताव सहित एनएमबि क्यापिटलको साधारण सभा मिति तय

आइतबार, ०८ पुस २०८०, ०९ : ३४

काठमाडौं । एनएमबि क्यापिटलले लाभांश प्रस्ताव राखेर १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस २९ गते आइतबार होटल बाराही, ठमेल काठमाडौंमा दिनको ४ बजेदेखि सभा बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७९.८० को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत ९कर समेत० नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । 

त्यस्तै, सभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । त्यसैगरी सभाले चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

आइतबार, ०८ पुस २०८०, ०९ : ३४

प्रतिक्रिया