ताजा समाचार

छिमेक लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते हुदैँ

आइतबार, ०८ पुस २०८०, ११ : ४०

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा आयोजना गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।


साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

आइतबार, ०८ पुस २०८०, ११ : ४०

प्रतिक्रिया