ताजा समाचार

आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा

आइतबार, ०८ पुस २०८०, १३ : १२

काठमाडौँ - आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी पुस २८ गते, शनिबार बिहान ११ बजे होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सभाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट दुई जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

आइतबार, ०८ पुस २०८०, १३ : १२

प्रतिक्रिया