सिजी मोटर चार्जिङ स्टेशन बिस्तारमा तिव्र :

२३ स्थानमा चार्जर जडान, ४८ स्थानमा थपिदै

आइतबार, ०८ पुस २०८०, १३ : २०

काठमाडौं- सिजी मोटर्सले बिक्री गर्दै आएको माइक्रो भ्यानको बजार बिस्तार तिब्र गतिमा भइरहेको छ । कम्पनीले केवाइसी भ्यानको बिक्रीले सफलता पाएसँगै किङलङको ईभी पनि बिक्री सुरु गरेको हो ।

कम्पनीले आफ्नो नेटवर्क विस्तार र चार्जिङ पूर्वाधारलाई बलियो बनाउन काम गरिरहेको जनाएको छ । नेपालमा कम्पनीको तयारीलाई चिनियाँ टोलीले पनि सुस्म निगरानी गरिरहेको कम्पनीको भनाइ छ ।

लाइट कमर्शियल सेग्मेन्टमा निकै चर्चित केवाइसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेशनको विकास र नयाँ शोरुमको भ्रमणमा चिनियँँ टोली रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।


काठमाडौं–सिन्धुली, काठमाडौं–चितवन, काठमाडौं-हेटौंडा, हेटौंडा–बिरगंज, चितवन–बिरगंज, काठमाडौंबाट लामो रुटमा पूर्व र पश्चिम क्षेत्रमा पनि केवाइसीका भ्यानहरु चलिरहेका छन् ।

बजारमा उपलब्ध केवाइसी भ्यान ११ सिट क्षमताका छन् । यसमा ४१.८६ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ । साथै, यसमा रहेको ५० किलोवाट पीकपावरको मोटरले उत्कृष्ट पर्फमेन्स दिन्छ । यी भ्यानले ५० किलोवाटसम्मको डिसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी (जिवीटी पोर्ट) चार्जर सपोर्ट गर्छ ।

चालक सहित ११ जनाले यात्रा गर्न सक्ने केवाइसी भ्यानमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम छ ।

भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एबीएस सहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलोय ह्वील जस्ता फिचर छन् । यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हाल कुन कुन स्थानमा संचालन छन् चार्जिङ स्टेशन ?

सिजी मोटरले चार्जिङ स्टेशन बिस्तारलाई पनि तिब्र बनाएको छ । कम्पनीले पूर्वको इलाम, धनकुटा हिले, उदयपुरको गाईघाट, पर्साको बिरगंज, परवानीपुर, सिरहाको लाहानमा चार्जिङ स्टेशन निर्माण गरेको छ ।

त्यस्तै काठमाडौंका दुई स्थान, भक्तपुर, सिन्धुली, सुकुटे, चरिकोट, चौतारा, मन्थली, त्रिशुली, चितवन, हेटौंडा, बुटवल, सुर्खेत, दाङ , कोहलपुर, कर्णाली चिसापानी र महेन्द्रनगर सहित २३ स्थानबाट चार्जिङ सेवा दिइरहेको छ ।

कहाँ कहाँ थपिदै छ नयाँ फास्ट चार्जर?

कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार ४८ स्थानमा नयाँ फास्ट चार्जर जडान हुँदैछ । छिट्टै चार्जिङ स्टेशन जडान हुने स्थानहरुमा बिर्तामोड, इटहरी, बिराटनगर, हलेसी खोटाङ, ओखलढुङ्गा, गाईघाट, खाडीचौर, सिन्धुली, चियाबारी सिन्धुली, चरिकोट, रातमाटे सिन्धुली, नेपालथोक, खोटाङ बजार, रामेछाप, सोलु जस्ता स्थानमा चार्जर जडान हुनेछ ।

त्यसैगरी बिरगंज, राजविराज, जनकपुर, बर्दिबास, भर्दह, काठमाडौंको पहेँलोपुल, कपन, कोटेश्वर, बालाजु, महाराजगन्ज, हात्तीबन, बेनीघाट धार्के, धदिङ बजार, पोखरा, डुम्रे, कवासोती, गुल्मी र अर्घाखाँचीमा चाँडै चार्जर उपलब्ध हुने कम्पनीको भनाई छ ।

त्यसैगरी राजापुर, भुरिगाँउ, कोहल्पुर, चक्चके, चन्द्रौटा, भैरहवा, दाङ, नेपालगन्ज, सुर्खेत, सल्यान, धनगढी, डडेलधुरा, बुदर रहेका छन् ।

आइतबार, ०८ पुस २०८०, १३ : २०

प्रतिक्रिया