इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तोक्न इन्जिनियरिङ एसोसिएसनको माग

४ महिना अगाडि

काठमाडौं ।  इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो ।

सरोकारवाला निकायहरूसँगको चरणवद्द छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा  न्यूनतम ३७,१३५ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले माग गरको छ ।एसोसिएसनको माग पत्रमा निजी तथा  गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । 

देशमा हाल करिब ८० हजार इञ्जिनियरहरू काममा छन् । जसमध्ये ७० प्रतिशतभन्दा बढी नीजि क्षेत्रमा कार्यरत रहेको एसोसियसनले जनाएको छ ।

४ महिना अगाडि

प्रतिक्रिया