ताजा समाचार

सात ओटा विकास बैंकले लाभांश घोषणा, धेरै दिनेमा कुन ?

सोमबार, ०९ पुस २०८०, ११ : ५९

काठमाडौँ- बैंकहरुले गत आर्थिक वर्ष २०७९र०८० को मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ।
 
विभिन्न विकास बैंकमध्ये हालसम्म सात ओटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । ती कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन्  ।
 
यसैगरी, दुई वटा विकास बैंकले भने गत आवको मुनाफाबाट लाभांश नदिने बताएका छन् । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतशित बोनस सेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको  छ। मितेरी डेभलपमेन्ट विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकलेले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले भने ६.४ पतिशत नगद लाभांश मात्र दिने घोषणा गरेको छ ।
 
यसैगरी,मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.५१३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको  छ।
 ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । यो वर्ष लाभांशमा अधिकांश विकास बैंकले  बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका विकास बैंकमध्ये पनि तीन वटा विकास बैंक सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेको छ । अन्य कतिपय बैंकको भने लाभांश दिन सक्ने अवस्था छैन ।
 
बाँकी चार वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन ।
नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन्  ।

सोमबार, ०९ पुस २०८०, ११ : ५९

प्रतिक्रिया