ताजा समाचार

सिद्धार्थ बैंक २२ औं वर्षमा प्रवेश

मंगलबार, १० पुस २०८०, १० : ५०

काठमाडौँ- १७औं वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पुरा गरेको छ । 

बैंक संचालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंक संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरुको  उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ । 

बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्ष सम्मको यात्रालाई समेटि तयार पारेको ‘कफी टेबल बुक’, यसै कार्यक्रममा सार्वजनिक गरेकोे छ । यसै कार्यक्रम माझ बैंकले आफ्ना पूर्व संचालक समितिका सदस्यज्यूहरु एवं पूर्व प्रमुख कार्यकारी अधिकृतज्यूहरुलाई सम्मान गर्नुका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पुरा गर्नुभएका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उहाँहरुलाई अभिनन्दन गरेको छ । 

त्यसै गरी यसै अवसरमन बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि ग्लय मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस कार्ड प्रयोगकर्ताहरुलाई आउँदा दिनहरुमा थप सुविधाहरु पनि उपलब्ध गराउने योजना बैंकको रहेको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरुलाई लक्षित गर्र्दै ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ । यस योजना सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइट https://www.siddharthabank.com/quick-links/21st-anniversary-offer मा प्राप्त गर्न सकिनेछ । 

यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरुस काठमाडौ, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी २९६ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

मंगलबार, १० पुस २०८०, १० : ५०

प्रतिक्रिया