हुन्डाईको दुई नयाँ मोडल बजारमा आउँदै

मंगलबार, १० पुस २०८०, १३ : ५५

काठमाडौँ - हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दुई नयाँ मोडल बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले बजारमा ल्याउने दुई नयाँ एसयूभीमा एउटा पेट्रोल र अर्को इलेक्ट्रीक मोडल हुनेछ ।हुन्डाईले भारतमा उत्पादन गरेको एक्सटर माइक्रो एसयूभी र कोरियामा उत्पादन भएको नयाँ जेनेरेसन कोना इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने तयारी गरेको हो ।

यी दुबै एसयूभीको मूल्य ३५ लाखदेखि ७५ लाख रुपैयाँ भित्रै रहनेगरी नेपाल आउने कम्पनी स्रोतले बतायो । कम्पनीले एक्सटर माइक्रो एसयूभी गत नाडा अटो शो २०२३ मा पनि प्रदर्शनी गरेको थियो ।‘ग्राहकले राम्रै संख्यामा सोधखोज गर्नु भएको छ । त्यहि अनुसार माघको अन्तिमसम्ममा एक्सटर एसयूभी बजारमा ल्याउने छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएको हुन्डाईको नयाँ जेनेरेशन कोना अहिले चर्चामा रहेको मोडल हो । नयाँ कोनामा आयोनीक-५ बाट प्रेरित इन्टेरियर पाउन सकिन्छ ।पहिलेकोभन्दा ठूलो ब्याट्री, धेरै रेन्ज र साइजमा पनि ठूलो भएर आएको कोना इलेक्ट्रीक पनि यहि वर्ष नेपाल आउने छ ।

 

 

मंगलबार, १० पुस २०८०, १३ : ५५

प्रतिक्रिया