ताजा समाचार

काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने

बुधबार, ११ पुस २०८०, १३ : ४४

काठमाडौं-  काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा। मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।

बुधबार, ११ पुस २०८०, १३ : ४४

प्रतिक्रिया