रोयल इनफिल्डले मेटीअर ३५० नेपाली बजारमा, कति पर्छ भेरियन्टको मूल्य ?

बुधबार, ११ पुस २०८०, १६ : २४

काठमाडौं- रोयल इनफिल्डले मेटीअर ३५० नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले मेटीअर ३५० को तीन भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो ।

आधिकारीक बिक्रेता अल्फा अटोमोटीभले नक्साल स्थित रोयल इनफिल्डको शोरुममा एक कार्यक्रम आयोजना गरेर मेटीअर ३५० सार्वजनिक गरेको हो । कम्पनीले नेपलमा नै एसेम्वल भएको मेटीअर ३५० को सुरुवाती मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको छ ।

कम्पनीले फायरवेल भेरियन्टको मूल्य ५ लाख ५० हजार, स्टेलर भेरियन्टको मूल्य ५ लाख ५५ हजार र सुपर नोभा भेरियन्टको मूल्य ५ लाख ६५ हजार निर्धारण गरेर विक्री सुरु गरेको हो ।


ग्राहकले भेरियन्ट अनुसार एसोशरिज तथा कलर अप्सन फरक पाउने छन् । मेटीअर ३५० को १० कलर अप्सनमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

मेटीअर ३५० मा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिने छ । उक्त इन्जिनले २०.४ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स उपलव्ध छ ।

डबल कार्डिल फ्रेममा बनेको यो मोटरसाइकलमा सेमिडिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । रेट्रो स्टाइल राउन्ड टेलल्याम्प, पछाडि ट्वीन सक एब्जर्बर दिइएको छ । अगाडि टेलिस्कोपिक फर्क दिइएको छ ।

एबीएस सुरक्षा फिचरसहित आउने यस मोटरसाइकल चेन ड्राइभ अप्सनमा उपलब्ध छ ।

बुधबार, ११ पुस २०८०, १६ : २४

प्रतिक्रिया