काठमाडौँ - एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केयर हेल्थ सभिस नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत दश प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।
साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिनभित्रको फलो अप समेत निःशुल्क हुनेछ । सम्झौता समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैकले देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जालबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया