ताजा समाचार

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै सिंगटी हाइड्रो इनर्जी

विहीबार, १२ पुस २०८०, १२ : २२

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीलाई हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । अब यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ ।

विहीबार, १२ पुस २०८०, १२ : २२

प्रतिक्रिया