ग्रीन भेन्चर्सको अध्यक्षमा संघई चयन

विहीबार, १२ पुस २०८०, १३ : १३

काठमाडौँ- ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा विरेन्द्र कुमार संघई चयन भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी, कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि परियोजना प्रमुख रहेका श्रीधर खनाललाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

विहीबार, १२ पुस २०८०, १३ : १३

प्रतिक्रिया