भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला

४ महिना अगाडि

काठमाडौँ - भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चालन हुनेछ । बिहीबार ललितपुर महानगरपालिकाका मेयर तथा आईसिटी मेलाका प्रमुख अतिथि चिरीबाबु महर्जन आईसीटी मेलाको उद्घाटन गरेका थिए । 
नेपालमा आईसीटी क्षेत्रको प्रवर्द्धन गर्न र युवा पुस्तालाई देशमै सम्भावना देखाउन आईसीटी मेला आयोजना गरेको भिरिञ्ची कलेजका सीईओ आकाश सिम्खडाले बताए । 

SmartHome

विद्यार्थीका परियोजनाहरू अवलोकन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भिरिञ्ची कलेजको काम प्रशंसनीय भएको बताए । 
‘तपाईहरूले एकदमै राम्रो काम गरिरहनु भएको छ । सबैलाई बधाई छ,’ प्रमुख अतिथि समेत रहेका मेयर महर्जनले भने, ‘तपाईहरूले बनाउनु भएका प्रोजेक्टलाई महानगरका सेवासँग कसरी जोड्न सकिन्छ? आउनुस्, त्यसका लागि ललितपुर महानगर सहकार्य गर्न तयार छ । हामी रातो कार्पेटमा स्वागत गर्न तयार छौं ।‘’ 

mayor

निःशुल्क अवलोकन गर्न सकिने आईसीटी मेला भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको छ । यसमा भिरिञ्ची कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टलाई प्रदर्शनीमा राखिएको छ ।मेलामा एआई, रोबोटिक्स र आईओटीका परियोजनामा फोकस गरिएको छ । यस वर्ष मानवीय रोबोट, रोबो सकर, ग्रीन हाउस, टार्गेट सुटिङ, सनेक सर्भिलेन्स रोबोट, सोलार ट्रयाकिङ, ट्राफिक लाइट र फेस रिकग्निसन सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहेका छन् । 

Humanoid Robot


 

४ महिना अगाडि

प्रतिक्रिया