काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडको तीसौं वार्षिक साधारणसभा आज हुँदैछ ।
कम्पनीको साधारणसभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा काठमाडौँमा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत (कर प्रयोजन सहित) लाभांश पारित गर्ने सभाको मुख्य एजेन्डा रहेको छ ।
त्यसै गरी सभाबाट संचालक समितिको प्रतिवेदन उपर छलफल लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।
प्रतिक्रिया