काठमाडौँ- सिटिजन्स बैंक लिमिटेड बझाङ साखाले ऋणकर्जा चुक्ता भुक्तान सम्वन्धी १५ दिने जरुरी सुचना जरी गरेको छ ।
ऋणीहरुले बैंकबाट सिटिन्स फास्ट ट्रयाक कर्जा–अधिविकर्ष कर्जा शिर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने सावा, साँवाको किस्ता ब्याज र हर्जाना ब्याज रकम नतिरी लाई बेकरी गरेको कर्जा सम्बन्धी शर्त कबुलियत उल्लंघन गरेको र दकिगत जमातकर्ताहरुलाई पटक–पटक मौखिक तथा लिखित सूचनाहरु पठाई तरताकेता गर्दा समेत कर्जाको साँवा तथा सोना लागेको ब्याज, किस्ता र हर्जाना व्याज रकम बुझाउने तर्फ कुनै पहल नगरी बेवास्ता गरी बसेको भन्दै बैंकले१५ दिने सार्वजानिक सुचना प्रकाशित गरेको छ ।
१५ दिन भित्र बैंकलाई तिनुपर्ने रकम नतिरेमा वा सुचनाको वेवास्ता गरेमा बैंकले धितो सुरक्षणमा रहेको सम्पहरूको लिलाम बिक्री गर्ने भएको छ । साथै बैंकले धितो सकार गर्नु परेमा वा लिलाम बिक्रीबाट बैंकको सम्पूर्ण वक्यौता असुल उपर नभएमा असुल उपर हुन सकेको रकमको हदसम्म कानून बमोजिम ऋणीहरु र जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।
प्रतिक्रिया