सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, १३ पुस २०८०, ११ : ३०

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १३ सय रुपैयाँले घटेको हो ।

बिहिबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार, १३ पुस २०८०, ११ : ३०

प्रतिक्रिया