ठमेल २४ घण्टा खुल्नु पर्छः अध्यक्ष  शर्मा

शुक्रबार, १३ पुस २०८०, १६ : २६

काठमाडौँ - ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल २४ घण्टा खुल्नु पर्ने बताएका छन् ।शुक्रबार एक कार्यक्रमका बिच उनले सरकारले अब ठमेललाई २४ घण्टा खोली रातिको समयमा सपिङ्ग गर्न सक्ने वातावरण बनाउने पर्ने बताएका हुन् ।

उनले भने, ‘अब ठमेल २४ घण्टा खुल्नु पर्छ । यसको लागि पहल हामी सरकारसँग पहल गदैँ छौँ । रातिको समयमा ठमेलमा सपिङ्ग गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ । अनिमात्र ठमे विकास हुन्छ । राति ठमेल खोलेपछि ७,९ बजे सम्म फ्री भेक्ल जोन बनाएर अघि बढ्ने छौँ । ’शर्माले यस वर्ष विगतको भन्दा फरक नयाँ वर्ष इर्भ हुने बताए । यस वर्ष अघिल्लो वर्ष झै ब्याड प्रफमेन्स नभइ कल्चलर कार्यक्रम हुने बताए ।

उनले थपे, ‘अहिले ठमेलमा पर्यटकहरुलाई कुना कुना बसेर खान सक्ने अवस्था छ । गल्ली गल्लीमा सिसि क्यामराले सुरक्षा दिइ रहेको छ । ’
अघिल्लो वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकको आगमन भएपनि यसपालि १ लाख ८० हजार स्वदेशी तथा विदेशी पर्यटक आउने अपेक्षा राखेको आयोजकले बताएको छ । यस्तै, कार्यक्रम गर्दा २० देखि २२ लाख खर्च हुने आयोजकले बताए ।

शुक्रबार, १३ पुस २०८०, १६ : २६

प्रतिक्रिया