सन् २०२४ मा यस्ता इलेक्ट्रिक एसयूभीहरू लन्च हुने

आइतबार, १५ पुस २०८०, ११ : ५५

काठमाडौँ- इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक एसयूभीहरू लन्च हुन सक्ने अनुमान गरिएको छ ।

इलेक्ट्रिक एसयूभीमा टाटा मोटर्सले यो वर्ष ह्यारियरको ईभी भर्सन लन्च गर्न सक्ने सम्भावना छ । यसको रेन्ज लगभग ५०० किलोमिटरसम्म हुन सक्छ । मारुती सुजुकीले वागनआरको इलेक्ट्रिक भेरिएन्ट ल्याउने अनुमान गरिएको थियो, तर यसको लागि भने केही समय प्रतीक्षा गर्नुपर्नेछ ।

मारुती सुजुकीले पनि यो वर्ष ईभीएक्स इलेक्ट्रिक एसयूभी लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसको रेन्ज पनि ५०० किलोमिटरसम्म हुन सक्छ । सो एसयूभीले हुन्डाई क्रेटाको इलेक्ट्रिक भर्सनसँग प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राले २०२३ मा इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको थियो । सो एसयूभी नयाँ वर्षमा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

बीवाइडीको सिल पनि यसै वर्ष आउनेछ, जसको रेन्ज ७०० किलोमिटरसम्म हुन सक्छ । लक्जरी सेगमेन्टमा मर्सिडीज, बीएमडब्ल्यू, औडी, भल्वो जस्ता कम्पनीहरूले पनि यो वर्ष लक्जरी इलेक्ट्रिक एसयूभी लन्च गर्ने सम्भावना छ ।

कम लागतको इलेक्ट्रिक एसयूभीमा टाटा मोटर्सले पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्न सक्ने सम्भावना रहेको छ । यसको रेन्ज ३०० देखि ३५० किलोमिटर हुने अनुमान गरिएको छ ।


 

आइतबार, १५ पुस २०८०, ११ : ५५

प्रतिक्रिया