च्याउ मेला तथा परिकार महोत्सव सुरु

आइतबार, १५ पुस २०८०, १७ : १४

काठमाडौँ - ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु भएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला सुरु भएको हो । 

 ‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।  मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरे । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् । 

आइतबार, १५ पुस २०८०, १७ : १४

प्रतिक्रिया