नेपाल पर्यटन बोर्डको २५औँ वर्ष सफलता पूर्वक सम्पन्न

४ महिना अगाडि

काठमाडौं। नेपाल पर्यटन बोर्डले आइतबार रजत जयान्ति मनाएको छ। पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको हो।

 नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निजी–सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने उद्देश्यसहित सन् १९९८ डिसेम्बर ३१ मा बोर्डको स्थापना गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीले रजत महोत्सवको उद्घाटन गर्दै पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गरे । 

उनले नेपालीपन, स्थानीय स्वाद र स्वामित्वको पर्यटन आजको आवश्यक्ता भएको बताउँदै सन् २०२३ मा १० लाख बढि पर्यटकले नेपाली भ्रमण गरेको जानकारी दिए । यसबाट पर्यटक आगमनमा सरकारले लिएको लक्ष्य पूरा भएको भन्दै उनले पर्यटनको नीतिगत सुधार तथा अन्य आवश्यक सुधारको लागि काम भइरहको जानकारी दिएका छन्।

नेपाल भ्रमण वर्ष २०११ का संयोजक तथा व्यवसायी योगेन्द्र शाक्यले पछिल्लो पटक सरकारले वार्षिक ३५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण दशक २०२३–२०३३ घोषणा गरेकोमा यसलाई सफल बनाउन स्पष्ट कार्यनीति बनाउनुपर्ने र सोही अनुसार लाग्नुपर्ने बताए । 

बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विश्वव्यापी कोरोना महामारीले सन् २०२० देखि २०२२ सम्म त्यती सुखद नरहेपनि सन् २०२३ को अन्तसम्म आइपुग्दा १० लाख बढि पर्यटक नेपाल भित्र्याउन सफल भएको बताए । पर्यटन विस्तारै लयमा फकिर्दै गएको बताँदै उनले सरकार, निजी क्षेत्र तथा सरोकारवालाको सहकार्यबाट बोर्ड आजको अवस्थासम्म आइपुगेको उल्लेख गरे ।।

कार्यक्रमको अवसरमा संस्थाको विकास र विस्तारमा योगदान गर्ने वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ सहित बोर्डसँगको सहकार्यमा रहेका विभिन्न कुटनीतिक नियोग चिनियाँ दूतावास, भारतीय दुताबास, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु युएनडीपी, युएएसएड, डब्ल्यूडब्ल्युएफ एवं अन्य पर्यटनसँग सम्बन्धित संस्थाहरु हान, नाटा, टान, नारा, पीटीसि एवं निजी क्षेत्रका अन्य विभिन्न संघसंस्थाहरु एवं विभिन्न व्यक्तिहरुलाई विशेष सम्मान गरिएको थियो ।

 यसैगरी कार्यकारी प्रमुख सम्मानबाट बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतम सहित अन्य कर्मचारीहरु गोविन्द वली, रानु शाह, सूर्य थपलिया, खेमराज तिमिल्सेना, जानकीप्रसाद उपाध्याय, शिवराज पाण्डे, नारायण बस्याल, रमा दाहाल, जुना कार्की र प्रेरणा लामा तथा कार्यकारी प्रमुख विशेष सम्मानबाट श्री वैद्य, रामप्रसाद भट्ट र अन्जिर देउला सम्मािनत भएका छन् । कार्यक्रममा रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलमा विजयी कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्र सिल्ड सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

४ महिना अगाडि

प्रतिक्रिया