सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, १७ पुस २०८०, ११ : १६

काठमाडौं- आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

हिजो (सोमबार) प्रतितोला १ लाख २० हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार, १७ पुस २०८०, ११ : १६

प्रतिक्रिया