गोलभेँडाको भाउ प्रतिकेजी २० रुपैयाँले बढ्दा अन्य तरकारीको मूल्य कति ?

बुधबार, १८ पुस २०८०, ०८ : ०८

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज ठूला गोलभेँडाको भाउ २० रूपैयाँले बढेको छ। मंगलबार ४० देखि ५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको ठूलो गोलभेँडाको मूल्य आज ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

भारतीय ठूलो गोलभेडाको भाउ पनि किलोमा १० रूपैयाँ बढेको छ। आज नेपाली  र भारतीय ठूलो गोलभेडाको भाउ समान ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।

सानो लोकल गोलभेँडाको भाउ स्थिर छ। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिले लोकल गोलभेँडाको भाउ १२ देखि २० रूपैयाँ तोकेको छ। सुकेको भारतीय प्याज १५ रूपैयाँ महँगिएको छ। हिजो ७५ देखि ८५ रूपैयाँमा कारोबार भएको भारतीय प्याजको मूल्य आज ९० देखि ९५ रूपैयाँ तोकिएको छ।

त्यस्तै लोकल बन्दा ३० देखि ४० रूपैयाँ, तराईको बन्दा २५ देखि ३५ रूपैयाँ र नरिवल बन्दा २५ देखि ३५ रूपैयाँ प्रतिकिलो छ। यी तरकारीको पनि आज भाउ बढेको छैन।

कृषि उपज
ईकाइ
न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.००
गोलभेडा ठूलो(भारतीय) केजी रू ६०.०० रू ७०.०० रू ६५.००
गोलभेडा सानो(लोकल) के.जी. रू १२.०० रू २०.०० रू १६.००
गोलभेडा सानो(टनेल) के जी रू १४.०० रू २५.०० रू १८.६०
गोलभेडा सानो(तराई) के जी रू २०.०० रू ३०.०० रू २४.००
आलु रातो के.जी. रू ३४.०० रू ३६.०० रू ३५.००
आलु रातो(भारतीय) के जी रू ३०.०० रू ३२.०० रू ३१.००
प्याज सुकेको (भारतीय) के.जी. रू ९०.०० रू ९५.०० रू ९३.००
सुकेको प्याज (चाइनिज) केजी रू ६०.०० रू ७०.०० रू ६५.००
गाजर(लोकल) के.जी. रू ४०.०० रू ५०.०० रू ४५.००
बन्दा(लोकल) के.जी. रू ३०.०० रू ४०.०० रू ३५.००
बन्दा(तराई) केजी रू २५.०० रू ३५.०० रू ३०.००
बन्दा(नरिवल) केजी रू २५.०० रू ३२.०० रू २९.००
काउली स्थानिय के.जी. रू २०.०० रू ३०.०० रू २५.००
स्थानीय काउली(ज्यापु) केजी रू ३०.०० रू ४०.०० रू ३५.००
काउली तराई के.जी. रू २०.०० रू २५.०० रू २२.५०
बुधबार, १८ पुस २०८०, ०८ : ०८

प्रतिक्रिया