विद्युतीयस्कुटर टिभिएस आईक्युबको १ लाख किलोमिटरको यात्रा सम्पन्न

बुधबार, १८ पुस २०८०, १० : ४९

काठमाडौँ- जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ । 

टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो ।

बेस्ट इन क्लास इन्डुरेन्स (सिंगल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको चार महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।
 

ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३ हजार ५००  किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको भन्दै कम्पनीले जुन लगभग १७५ वटा रूख रोपेको बराबर भएको बताएको छ । साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि सो कम्पनीले बताएको छ । 

समग्रमा ग्राहकको इन्धन लागतमा ४।६ लाख रुपियाँ बचत भएको भन्दै कम्पनीले सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पु र्‍याउने बताएको छ ।

विश्वव्यापी रूपमा टिभिएस आईक्युब २ लाख २५ हजार घरहरुमा पुगिसकेको कम्पनीको दावी छ । 

१।२५ बिलियन किलोमिटरभन्दा बढी दूरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको, जुन १।७ मिलियन रूखहरू रोपेको बराबर हुने कम्पनीको भनाइ छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरू मध्यमा नेपाल पनि पर्छ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुर्‍याउँदै आएको पनि बताएको छ । 

टिभिएस आईक्युबका मुख्य विशेषताः
–    पीक पावर ४.६ किलोवाट, टर्क १४० एनएम
–    रेटेड पावर ३.३४ किलोवाट 
–    टप स्पिड – ७ किमीरघण्टा 
–    एक्सेलेरेशन – ४।२ सेकेन्डमा ०–४० किमीरघण्टा 
–    सिंगल चार्जमा दिने रेन्ज – १०० किलोमिटर 
–    पार्किङ असिस्ट 
–    ७ इन्च टिएफटी क्लस्टर, सहज ५–वे जोइस्टिक 
–    म्युजिक प्लेयर नियन्त्रण 
–    नाइट मोड 
–    स्मार्ट हेलमेट जडान 
–    आगमन कलरएसएमएस अलर्ट 
–    क्लस्टरमा डकुमेन्ट स्टारेज 
–    ३२ लिटको अन्डर सिट स्टोरेज

बुधबार, १८ पुस २०८०, १० : ४९

प्रतिक्रिया