सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, १८ पुस २०८०, १० : ५२

काठमाडौं- आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज  प्रति तोला १ लाख २० हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, १८ पुस २०८०, १० : ५२

प्रतिक्रिया