गाडीको ब्राण्ड र कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार प्रति कम्पनीको ध्यानाकर्षण

बुधबार, १८ पुस २०८०, १८ : ४८

काठमाडौं- एम जि ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरि विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस कम्पनीले नेपालमा आधिकारीक विक्रेताको रुपमा आयात गरि बिक्रिवितरण गरिरहेको एमजी कम्पनीको सवारी साधन मध्ये दर्ता नं प्रदेश ०१-०२७ ख १५८१ नम्बरको MG ZS EV गाडी मिति २०८०/०९/०९ गते काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागि भई नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक संजालमा भएको टिप्पणी प्रति कम्पनीको  ध्यानाकर्षण भएको छ ।

उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पाकिंग गरि साँझ ६:०० वजे देखि चार्जमा राखेको अवस्थामा बिहान १:१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागि भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको बुझिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि आन एक प्रेस विज्ञप्ती कम्पनीले  जारी गरेको छ । img-20240103-wa0006_GbtZmUwQEX

बुधबार, १८ पुस २०८०, १८ : ४८

प्रतिक्रिया