जानकी मन्दिरबाट ११ सय कोसेली अयोध्यामा पठाइँदै

३ महिना अगाडि

काठमाडौँ- जनकपुरधाम –भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ ।

मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा ९घरबास०मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो ।


कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, चुल्हो, विभिन्न प्रकारका मिठाइ समावेश गरिएको छ । ती कोसेली बोकेको टोली आज महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै वीरगञ्जमा पुगेर बास बस्ने छ ।

भोलि (शुक्रबार) बिहानै सीमापारी भारतको रक्सौल हुँदै बेतिया, गोरखपुर र अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्मभूमि ट्रष्टलाई कोसेली हस्तान्तरण गर्ने कार्यक्रम छ ।

३ महिना अगाडि

प्रतिक्रिया