लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा ५० करोडको कारोबार

३ महिना अगाडि

काठमाडौँ-रुपन्देही व्यापार संघको आयोजनामा बुटवल पुस ५ गतेबाट सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेला ५० करोडको कारोबार गर्दै बुधबार सकिएको छ ।

मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी केन्द्रमा १४ दिनसम्म संचालन भएको एक्स्पोका १० लाख दर्शकले अवलोकन गर्दा ५० करोड कारोबार भएको दाबी आयोजकको छ ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा एक्स्पो गर्न पाउँदा व्यवस्थापनमा धेरै सहज भएको जनाए ।

उनले एक्स्पोमा संघले राखेको १० लाख दर्शकको अवलोकन र ५० करोड कारोवारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको जनाए ।

अध्यक्ष घिमिरेले कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आर्कषक बनाएको उल्लेख गर्दै कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गर्दा सबै क्षेत्रबाट राम्रो सन्देश पाएको बताए ।

समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मुल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरे । स्टलहरुमा प्रथम गोल्ड स्टार सुज ९उपहार सुज हाउस०, द्वितीय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएका छन् ।

त्यसैगरी, स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ ९ओम्स नेपाल० ले पाएको छ । त्यसैगरि महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा।लि। पुरस्कृत भएका छन् ।

समापन कार्यक्रममा प्रमुख अतिथि गिरीले वर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै सरकार दिशाविहीन बन्दा विकासका काम अगाडि बढ्न नसकेको आरोप लगाए ।

राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउँदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने जनाए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए ।

मेलाको पुस ५ गते नेपाल सरकारका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिव ६ सय स्टलहरु रहेका थिए ।

एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, ¥याप लगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।

 

३ महिना अगाडि

प्रतिक्रिया