हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्ने सोचमा सुजुकी

शुक्रबार, २० पुस २०८०, १० : ४९

काठमाडौँ- एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय नयाँनयाँ मोडलका यूटिलिटी भेइकल लन्च गरिरहेको छ । ह्याचब्याक र सेडान कारको बिक्रीमा ठूलो हिस्सा ओगट्न सफल सुजुकीले भारतमा एसयुभीको माग बढ्न थालेपछि आफूलाई पनि सोही सेग्मेन्टमा केन्द्रित गर्दै लगेको हो । सोहि क्रममा कम्पनीले नयाँ मोडल लन्च गर्ने क्रमलाई तिब्रता दिँदै लगेको छ ।

सुजुकीसंग हाल एसयूभीमा ब्रेजा, ग्रान्ड भिटारा, जिम्नी र फ्रङ्क्स लगायत एसयूभी उपलब्ध छन् । आफ्नो प्रतिस्पर्धी ब्रान्डले जुन सेग्मेन्टमा बजार जमाउँदै लगेको छ, त्यसलाई टक्कर दिने रणनिती अन्तर्गत उसले पछिल्लो समय नयाँ मोडल लन्च गर्ने रफ्तारलाई तिब्रता दिन थालेको हो ।

सोही क्रममा सुजुकीले माईक्रो एसयूभी सेग्मेन्टमा लोकप्रिय वनिरहेका हुन्डाई एक्स्टर र टाटा पन्चलाई टक्कर दिने गरी नयाँ मोडल ल्याउने तयारी थालेको समचार वाहिर आएको छ । प्रोडक्ट पोर्टफोलियमो ब्रेजाभन्दा तल रहने गरी आउन लागेको सो इन्ट्रि लेबल एसयूभीलाई कम्पनीले वाई४३ कोडनेम दिएर तयार पार्न लागेको हो । नयाँ एसयूभी २०२५ सम्म बजारमा आईसक्ने अनुमान गरिएको छ ।

सो नयाँ इन्ट्रि लेबल एसयूभीसंगै सुजुकीले ग्रान्ड भिटाराको थ्री रो भर्सन समेत लन्च गर्ने योजना बनाएको छ । जसलाई उसकले वाई १७ कोडनेम दिएस उत्पादन प्रक्रिया अघि बढाएको छ । सुजुकीले २०२३ मा युटिलिटी भेइकलको बिक्री बढाएर २० प्रतिसत हिस्सा पुर्याएको छ ।

शुक्रबार, २० पुस २०८०, १० : ४९

प्रतिक्रिया