काठमाडौँ - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पदाधिकारी चयन गरेको छ।शुक्रबार भएको ४७औँ साधारणसभाले करण चौधरीलाई अध्यक्ष चुनेकोमा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको हो। आइतबार बसेको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ। सो साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष बन्ने व्यवस्था गरेको छ।
उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ चयन भएका छन्। महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल दोहोरिएका छन्। सचिवमा भने निर्वाचन भएको छ। ‘सचिवमा विक्रम सिंघानिया र यमुना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो’, कोषाध्यक्ष मिलनबाबु मल्लले भने, ‘विक्रम सिंघानियाको १५ मत र यमुना श्रेष्ठको १४ मत आयो।’
सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन्। साधारणसभाले सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, कपिल शिवाकोटी, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी सदस्यमा निर्विरोध भएका थिए। कार्यसमिति सदस्यमा ३ जना मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ मनोनीत भएका छन्।
संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्। त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।
प्रतिक्रिया