सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैछ कारोबार ?

सोमबार, २३ पुस २०८०, १० : ५७

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

हिजो (आइतबार) प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार, २३ पुस २०८०, १० : ५७

प्रतिक्रिया