सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्पको आयोजना गर्ने

सोमबार, २३ पुस २०८०, १३ : ४१

काठमाडौं- सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । कम्पनीले पुस २४ देखि २६ गतेसम्म क्याम्पको आयोजना गर्ने भएको हो ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सुजुकी ग्राहकलाई यसबारे जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ग्राहकहरूले लक्की ड्र मार्फत वर्षभरिको लागि निशुल्क पाट्र्स र सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । पाट्र्स र एसोसरिजमा समेत १० प्रतिशत छुट पाइने छ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । सर्भिस क्याम्प नेपालभरि सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।


 

सोमबार, २३ पुस २०८०, १३ : ४१

प्रतिक्रिया