नेपाल उद्योग परिसंघ र ईण्डियन चेम्बरबीच सम्झौता

सोमबार, २३ पुस २०८०, १६ : ५१

काठमाडौँ - नेपाल उद्योग परिसंघ (सीएनआई) र ईण्डियन चम्बर अफ कमर्श(आईसीसी)बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो। नेपाल उद्योग परिसंघले आइतबार काठमाण्डौमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र ईण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका हुन् ।

यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ । साथै दुई देशबीच द्धिपक्षिय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सुचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी, ईण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिंदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । 

सोमबार, २३ पुस २०८०, १६ : ५१

प्रतिक्रिया