काठमाडौँ - ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट Omoda E 5 इभि जनावरीको अन्तिम हप्तासम्ममा नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको मार्केटिङ म्यानेजर रुपेश श्रेष्ठले जनाएका छन् । यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समुहले गत डिसेम्बर २८, २०२३ मा अनलाइन लाइभ-स्ट्रिम (प्रत्यक्ष्य प्रसारण)कार्यक्रम सञ्चालन गरेको थियो ।ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनमा भएको थियो, जसमा शारडा समुहका विशिष्ट अतिथिहरू अनलाइन मार्फत उपस्थित भएका थिए ।
उक्त प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको Omoda E 5 प्रस्तुत गरिएको थियो । Omoda E 5 , नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुने कम्पनीले जनाएको छ । ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर र ४३० किलोमिटरको दायरा प्रदान गर्दछ ।ओमोडा E5 को एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन-दर्शनमा आधारित रहेको छ । यसको X-आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड-मेट्रिक्स-टेललाइट, T-आकारको डेटाइम-रनिङ-हेडलाइटले उक्त डिजाइन सिद्धान्त दर्शाउँदछ ।
उत्साहजनक एक्टेरियर डिजाइनको साथ, यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन प्रदान गर्दछ । साथै यसमा १७ ADAS सुविधाहरू पनि उपलब्ध छन् जसमा: ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट , डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग आदि ।Omoda E 5 मा २८ मिनेटमा ३०५ बाट ८०५ चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ । ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गरेको छ ।
Omoda E 5 को सजिलो खरिद तथा स्वामित्व अनुभव सुनिश्चित गर्न, एस पि जि अटोमोबाइल्सले नेपालमा आफ्नो पूर्वाधार र सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको बताइएको छ । साथै, यो गाडीलाई नेपाली भु-भागको सडक अनुकुल बनाइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया