आज पनि घट्यो सुनको मुल्य

बुधबार, २५ पुस २०८०, ११ : ०५

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

हिजो (मंगलवार) प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार, २५ पुस २०८०, ११ : ०५

प्रतिक्रिया