यस्तो छ मुक्तिनाथ केवल परियोजनाको डिपीआर :

३ महिना अगाडि

काठमाडौँ- विश्वकै सबै भन्दा लामा हुने भनिएको मुक्तिनाथ केवल परियोजनाको डिपीआर (डिटीयल प्रोजेक्ट रिपोर्ट) तयार भएको छ ।परियोजना विकासकर्ता मुक्तिनाथ दर्शन प्रालीले बुधवार लगानी बोर्डलाई डिपीआरको रिपोर्ट बुझाएको हो ।बोर्डले २०७६ जेठमा कम्पनीलाई आयोजनाको अध्ययन गर्न अनुमति दिएको थियो, त्यसको चार वर्षपछि कम्पनीले आयोजनाको डिपीआर दिएको हो ।

कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन (इआईए) समेत बोर्डमा पेस गरेको छ । कम्पनीका अध्यक्ष अरुण सुवेदीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई उक्त डकुमेन्ट बुझाएका हुन् ।

डिपीआरअनुसार केबलकारको कुल लम्बाई ८१.०१४ किलोमिटर हुनेछ, जुन विश्वमा बनेका अन्य केबलकारहरू भन्दा सबैभन्दा लामो हो । परियोजनाको लागत भने ५५ अर्ब १८ करोड हुने कम्पनीले बुझाएको डिपीआरमा उल्लेख छ । यसै गरी उच्च अल्टीच्यूटलाई मध्यनजर गर्दै बिचमा थप एउटा स्टेसन बनाइनेछ । यो केबलकार कास्कीको नयाँ पुल (विरेठाँटी) बाट सुरु भएर मुस्ताङ स्थित मुक्तिनाथ मन्दिर परिसरमा टुङ्गिनेछ । नयाँ पुलको अल्टीच्यूट ११ सय मिटर हाराहारी छ । मुक्तिनाथको भने ३७ सय मिटर माथि छ । मुस्ताङ पनि नेपालको उत्कृष्ट पर्यटक स्थल हो । हिमालय दृश्य, हिउँ र मुक्तिनाथ मन्दिर यसका मुख्य आकर्षण हुन् । तर, राम्रो सडक पूर्वाधार नहुँदा त्यहाँ पर्यटकलाई जान कठिनाइ हुँदै आएको थियो । सोही अवस्थालाई लक्षित गर्दै मुक्तिनाथ दर्शन प्रालिले यो परियोजना अघि बढाएको थियो । यो परियोजना बनेमा मुस्ताङ पुग्ने पर्यटकलाई धेरै सहज हुनेछ ।

कम्पनीले यो परियोजनाको अध्ययन जहाजबाट गरेको थियो । परियोजना स्थल भौगोलिक रूपमा निकै कठिन छ, त्यसैले अध्ययनमा जहाज प्रयोग गरिएको थियो । अध्ययनमा प्रयोग गरेको जहाज अस्ट्रेलियाबाट ल्याइएको थियो । अस्ट्रेलियाको एएमएम कम्पनीले जहाज ल्याएको थियो । अब बोर्डले आयोजनाको इआईए रिपोर्ट बन मन्त्रालयलाई बुझाउने छ । डिपीआर भने आफै अध्ययन गरेर स्वीकृत गर्नेछ । इआईए रिपोर्ट र डिपीआर स्वीकृत भए पनि परियोजना निर्माणको काम सुरु हुनेछ ।यो आयोजनामा भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेड लगानी र डिजाइन गर्ने गरी ठेक्का लिएको थियो । त्योअनुसार परियोजनामा लगानी सुनिश्चित भइसकेको छ ।

३ महिना अगाडि

प्रतिक्रिया