होन्डा ओ सिरिज प्रस्तुत, के के छन् यसका विशेषता ?

विहीबार, २६ पुस २०८०, १२ : ०८

काठमाडौँ- होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज प्रस्तुत गरेको छ । यस परियोजनामा कम्पनीले आफ्नो भविष्यका इलेक्ट्रिक कारको अवधारणा पनि सार्वजनिक गरेको छ । कम्पनीले यसलाई सलुन र स्पेस–हब नाम दिएको छ ।


कम्पनीले आफ्नो होन्डा ओ सिरिजको पहिलो इलेक्ट्रिक कार सन् २०२६ मा लन्च हुने जनाएको छ । होन्डाले सन् २०४० सम्ममा विश्वव्यापी रूपमा आफ्ना सबै नयाँ कार इलेक्ट्रिक कारमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । होन्डाले कम्पनीको नयाँ एच लोगो पनि सार्वजनिक गरेको छ । सो लोगो कम्पनीले नयाँ इलेक्ट्रिक कारमा प्रयोग गर्ने जनाएको छ । होन्डा ओ सिरिज लाइनअपका पहिलो मोडल उत्तर अमेरिकाबाट सुरु भएर जापान, एशिया, युरोप, अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकामा लन्च गर्नेछ ।

जापानको दोस्रो ठूलो कार निर्माता भए पनि होन्डाले युरोप र अमेरिकामा आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । त्यसैले कम्पनीले अब होन्डा ओ सिरिजको साथमा आफ्नो विश्वव्यापी प्रतिद्वन्द्वीहरुसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।

विहीबार, २६ पुस २०८०, १२ : ०८

प्रतिक्रिया