फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता

४ महिना अगाडि

काठमाडौँ - फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नका लागि दीर्घकालीन रणनीतिक विकास गर्ने उद्धेष्य  रहेको छ ।
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजकोतर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विद्यार्थी संलग्नता अधिकृत प्राप्ती विसी शर्माले हस्ताक्षर गरेका छन् ।  

  सम्झौता अनुसार बीमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिने छ ।उक्त साझेदारीमार्फत कम्पनीले विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ ।

साथै सम्झौताले कम्पनीका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ।बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य पनि गर्ने सम्झौतामा उल्लेख छ ।

४ महिना अगाडि

प्रतिक्रिया