तीन सय रुपैँयाले बढ्यो सुनको मूल्य

शुक्रबार, २७ पुस २०८०, १३ : ०९

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य  तीन सय रुपैँयाले बढेको छ ।  

 आज छापावाला सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला छापावाला सुन १ लाख १८ हजार ३०० र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यपनि १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

शुक्रबार, २७ पुस २०८०, १३ : ०९

प्रतिक्रिया