सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारेबार ?

आइतबार, २९ पुस २०८०, ११ : ०४

काठमाडौं-आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रवार प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, शुक्रवार प्रतितोला १ हजार ४ सयमा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार, २९ पुस २०८०, ११ : ०४

प्रतिक्रिया