रोयल इन्फिल्डको लेडि बाइर्कस् राईड आयोजना

३ महिना अगाडि

काठमाडौँ- रोयल इन्फिल्डको लेडि बाइर्कस् राईड आयोजना भएको छ ।
निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इन्फिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले #Inspire_Inclusion भन्ने मुल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड कार्यक्रम आयोजन गरिएको हो । यस राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडि बाइकर्स् सहभागी भएका थिए। 

यस कार्यक्रमको मुख्य उद्देश्य Road safety awareness, promoting systematic ride, Women Empowerment Inspire Inclusion / Two wheel ride tourism प्रबर्धन गर्नु रहेको छ । पुष २८ गते बिहान ८ः३० बजे रोयल इन्फिल्डको शोरूम टेकु बाट सुरु भएको यो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला,, चावहिल, बौद्ध, जोरपाटि हुदै ग्राण्ड नोरलिङ रिर्सोट गोकर्ण सम्मको रहेको थियो । 

नोरलिङ रिसोटमा लेडि राइडस् बिच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन, र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो जसमा बाइक पुश कम्पिटिसनको बिजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्म्मेट टावर कम्पिटिसनका बिजेता श्रृजना भट्ट र म्युजिकल चियर कम्पिटिसन गेमका बिजेता बर्षा कार्की हुनु भएको छ ।
सहभागी एवं विजेता लाई सहभागीताको प्रमाण पत्र र रोयल इन्फिल्डको नचबउजष्तथ हेल्मेट, रोयल इन्फिल्डको राइडिग पन्जा, उबककउयचत जयमिभच  प्रदान गरिएको छ ा
 

३ महिना अगाडि

प्रतिक्रिया