सुनको मुल्यमा गिरावट, आज कतिमा हुदौछ कारोबार ?

मंगलबार, ०२ माघ २०८०, ११ : ०१

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

हिजो प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार, ०२ माघ २०८०, ११ : ०१

प्रतिक्रिया