नेपाल एयरलाइन्सको जापान र कतारको उडान समय परिवर्तन

मंगलबार, ०२ माघ २०८०, १६ : ४३

काठमाडौँ - नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन भएको छ । 

 एयरलाइन्सले १६ जनवरी, २०२४ मा काठमाडौँ–नारिता (जापान)–काठमाडौँ र काठमाडौँ–दोहा (कतार)–काठमाडौँको उडान तालिका परिवर्तन भएको जानकारी गराएको हो । 

 जसअनुसार काठमाडौँ नारिता–काठमाडौँको उठान जनवरी १७ र काठमाडौँ–दोहा–काठमाडौँको उडान जनवरी १८ का लागि सरेको एयरलाइन्सले जनाएको छ । 

 

मंगलबार, ०२ माघ २०८०, १६ : ४३

प्रतिक्रिया