आजको विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

बुधबार, ०३ माघ २०८०, ०६ : ५५

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

 यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा रहेको छ। 

 यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बुधबार, ०३ माघ २०८०, ०६ : ५५

प्रतिक्रिया