आज पनि घट्यो सुनको मूल्य

बुधबार, ०३ माघ २०८०, ११ : ३१

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

हिजो प्रतितोला १ लाख १९ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार, ०३ माघ २०८०, ११ : ३१

प्रतिक्रिया